काठमाडौं । आज तोलामा सुनको मूल्य १ लाख ३ हजार ५०० सय रुपैयाँ पुगेको छ ।
हिजो बिहीबार मात्र तोलामा १ लाख २ हजार ५०० सुय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ हजार बढेर तोलामा १ लाख ३ हजार ५००सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी चाँदी पनि बिहीबार बढेर तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।आजको सुन र चाँदीको मूल्य हालसम्मकै उच्च दरमा कायम भएको हो ।