• आइतबार, साउन ३१ २०८३

उपचार पछि घर फर्किएका व्यक्तिहरुमा देखियो कोरोना


शुक्रबार, साउन २३ २०७७
830
Shares

उपचार पछि घर फर्किएका कर्णालीका ८ जनामा पुनः कोरोना संक्रमण पोजेटिभ देखिएको छ । आइसोलेसनमा बसेर निको भई घर फर्किएका जुम्ला र दैलेखका४/४ जनालाई पुनःसंक्रमण देखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार ८ जनामा पुनः पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।महाशाखा प्रमुख डा. तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका ६९ जना नै निको भएर फिर्ता भएपछि जुम्लालाई कोरोनामुक्त जिल्ला घोषित गरिएको थियो । तर, निको भएर पठाएकै व्यक्तिमा पुनः परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

बाहिरबाट जुम्ला भित्रिएकामध्ये ४ हजार ९१२ जनाको पीसीआर परीक्षण गरिएको जस्मा ६९ जनामा संक्रमण देखिएको थियो । निको भएर आइसोलेसनबाट घर पठाएकामध्ये ४ जनामा पुनः पोजेटिभ देखिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

संक्रमितहरुलाई पुनः आइसोलेसनमा राखेर उपचार गर्न थालिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार