हिजो राती पहिरोले पुरि बैतडीमा दुई आमा–छोराको मृत्यु भएको छ ।
बिहीबार राति मात्र आएको पहिरोले घर पुरिदा डिलाशैनी गाउँपालिका ४ का ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनको घरमा रहेका १२ वर्षीया छोरी सुमित्रा बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा भने सकुशल रहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
‘घरको माथिल्लो तलामा सुतेका आमा–छोराको मृत्यु भएको हो,’ भने ‘तल सुतेका छोरी र उनको साथी भागेर बाँचे ।’पहिरोले केही चौपायासमेत मरेको बताएका छन् ।