• शनिबार, भाद्र २० २०८३

एकै दिनमा थपिए ३६० संक्रमित


बिहिबार, साउन २२ २०७७
905
Shares

आज नेपालमा पछिल्लो २४ घण्टामा ३६० जना कोरोना संक्रमित भेटिएको छ।

आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३६० जनामा संक्रमण पुष्टि भएको बताएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या थप ६ हजार २९६ रहेको छ।

प्रवक्ता गौतमले जानकारी दिए अनुसार आज ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ।

प्रवक्ता गौतमले कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार