• आइतबार, साउन १० २०८३

संघीय संसद सचिवालयका प्रवक्तामा कोरोना पुष्टि


बिहिबार, साउन २२ २०७७
765
Shares


संघीय संसद सचिवालयका प्रवक्ता समेत रहनु भएका सहसचिव डा. रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेमा संक्रमण पोजिटिभ देखिएको सांसद मिना सुब्बाले जानकारी दिइन् ।

दुई साता अघि प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा ३ सदस्य उपसमिति बनाइ तराईका जिल्लामा वन अनुगमनका लागि पठाएको थियो । अन्य सांसदहरु मीना सुब्बा, प्रेम आले सहित अन्य ३ कर्मचारीको नेगेटिभ रिपोर्ट आएको छ ।

यसअघि जनता समाजवादी दलका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका कर्मचारीको स्वाव लिइएको थियो । सांसद यादव चढेको गाडीका ३ नै जनालाई कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

वैज्ञानिक वन क्षेत्र व्यवस्थापनमा भएको कमजोरीमाथि उजुरी परेपछि संसदीय उपसमितिको टोली सिन्धुली हुँदै बारा, पर्सासम्म पुगेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार