• आइतबार, साउन १० २०८३

गोरखामा आज एकै दिन थपिए ७ कोरोना संक्रमित, हेर्नुस कुन पालिकामा कति ?


बिहिबार, साउन २२ २०७७
985
Shares

गोरखा । गोरखामा आज बिहिबार एकै दिन ७ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका मध्ये पालुङटार नगरपालिकाका ३ पुरुष, गोरखा नगरपालिकाका एक महिला सहित ३ जना र आरुघाट गाउँपालिकाका एक पुरुष रहेको बताइएको छ ।

जसमा पालुङटारका संक्रमित भारत र साउदीबाट र आरुघाटका संक्रमित भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए ।

त्यस्तै गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा देखिएका भने कन्ट्याक्ट ट्रेसिङका क्रममा देखिएका थिए ।

ब्यूटिपार्लर ब्यवसाय सञ्चालन गर्दै आएकी एक महिलालाई सोमबार संक्रमण देखिएसंगै सोही क्षेत्रका ५० जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।

पोजेटिभ आएकामध्ये ३ जना नै एकै परिवारका रहेको बताइएको छ । जसमा एक आमा र २ छोराहरु रहेको अर्यालले बताए ।

यससंगै गोरखामा कोरोना संक्रमितको संख्या १ सय १७ पुगेको छ । जसमा १ सय ५ जना निको भइ घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ । त्यस्तै ११ जना सकृय संक्रमित रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार