गोरखा । गोरखामा कोरोनाको संक्रमण समुदायस्तरमा पुगेको छ ।
गोरखा नगरपालिका ९ मा ब्यूटिपार्लर ब्यवसाय सञ्चालन गर्दै आएकी एक महिलालाई सोमबार संक्रमण देखिएसंगै सोही क्षेत्रका ५० जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।
५० जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा ४७ जनाको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
मंगलबार स्वाँव संकलन गरी बुधबार परिक्षणका लागि टेकु पठाइएको थियो । उनिहरुमध्ये ३ जनाको भने कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
पोजेटिभ आएकामध्ये ३ जना नै एकै परिवारका रहेको बताइएको छ । जसमा एक आमा र २ छोराहरु रहेको अर्यालले बताए ।
त्यस्तै आज बिहान मात्रै गोरखाकाे पालुङ्गटार नगरपालिकाका २ जनामा समेत काेराेना देखिएकाे थियाे । यससंगै गोरखामा काेराेना संक्रमितकाे संख्या १ सय १५ पुगेकाे बताइएकाे छ भने सकृय संक्रमित ९ जना पुगेका छन ।