• आइतबार, साउन १० २०८३

प्रदेश नम्बर २ मा मन्त्री र प्रदेश सभा सदस्यमा भेटियो कोरोना


बिहिबार, साउन २२ २०७७
800
Shares

प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ ।हिजो साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए। साथै, यादवले आफूमा संक्रमण पुष्टि भएपनि डराउन पर्ने आवश्यकता नरहेको जनाए । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अनुरोध गरेका छन्।

उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै जसपाका प्रदेश सभाको महिला सदस्यमा पनि बुधवार बेलुका रिपोर्ट आएसँँग कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाले ज्यान गुमाइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार