पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ५ सय ६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।