• बुधबार, असोज १४ २०८३

आजदेखि चल्ने सवारीमा जोर / बिजोर प्रणाली लागु


बिहिबार, साउन २२ २०७७
1000
Shares

बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको छ।

अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए। सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोर/बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन हुने भनिएको
छ।

कोभिड १९ नियन्त्रणका लागि भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो। जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुने छन्।

यसअघि हिजो मात्रै प्रधानमन्त्री केपीशर्मा ओलीले विज्ञहरुसँग गरेको परामर्शका क्रममा केहीले जोररबिजोर प्रणालीबाटै सवारी साधन सञ्चालन गर्न भनि सुझाव दिएका थिए ।

त्यस्तै मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न सबै जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई गृहले निर्देशन दिएको छ। साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्ने गृहले बताएको छ।

त्यसैगरी २ सयभन्दा बढी संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा समेत साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्न निर्देशन दिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार