• सोमबार, साउन ११ २०८३

आजदेखि गोरखामा ब्यूटिपार्लर, सैलुन, जिमखाना खोल्न निषेध, नाकामा समेत कडाई


बिहिबार, साउन २२ २०७७
920
Shares

गोरखा । पछिल्लो समय समदुदायस्तरमा समेत कोरोना संक्रमण देखिएपछि गोरखामा कडाई गरिएको छ । मानिसहरुको धेरै सामिप्यता हुने क्षेत्रहरु बन्द गर्ने जिल्लाका सरोकारवालाहरुले निर्णय गरेका छन् ।

बुधवार बसेको कोरोना नियन्त्रण र ब्यवस्थापनका लागि गठित कमाण्ड पोष्ट (सिसिएमसी) को बैठकले विद्यालय, क्याम्पस, सैलुन, ब्यूटीपार्लर, जिमखाना पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले जिल्लाका सबै नाकामा कडाई गर्ने निर्णय गरेको छ । केही दिन यता अलि खुकुलो भएका मझुवा देउराली, आरुघाट, बेनिघाट र तुरतुरे नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी राखेर चेकजाँच गर्ने तयारी गरिएको छ । ती स्थानहरुमा सम्बन्धित स्थानीय तहको समन्वयमा हेल्प डेक्स स्थापना गर्ने बताइएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्न समेत बैठकले यातायात ब्यवसायीलाई अनुरोध गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गरी थप रणनीति लिने प्रशासनको तयारी छ ।

पछिल्लो समय देशभर र गोरखामा पनि कोरोनाको जोखिम बढेकाले कन्ट्याक टे«सिङलाई तिब्रता दिन स्थानीय तहहरुलाई अनुरोध गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार