• शनिबार, साउन ९ २०८३

पालुङटारमा थप २ जनामा कोरोना पुष्टी, गोरखामा सक्रिय संक्रमितको संख्या ६ पुग्यो


बिहिबार, साउन २२ २०७७
945
Shares

गोरखा । गोरखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार बिहान पालुङटार नगरपालिका क्षेत्रका २ पुरुषमा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेको हो ।

जसमा पालुङटार वडा नम्बर ६ र ९ का दुई पुरुष रहेको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजु रवण न्यौपानेले सिभिलखबरलाई बताए । उनिह्ररु भारत र साउदीबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

यससंगै गोरखामा सक्रिय संक्रमितको संख्या ६ पुगेको छ । सोमबार गोरखा नगरपालिकाका एक महिला, बुधबार सिरानचोकका १, बारपाक सुलिकोटका २ पुरुष र बिहिबार आज पालुङटारका २ पुरुषमा देखिएसंगै गोरखामा सक्रिय संक्रमितको संख्या ६ पुगेको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

त्यस्तै हालसम्म गोरखामा कोरोना संक्रमितको संख्या भने १ सय १२ पुगेको छ । जसमा १ जनाको मृत्यु भएको थियो भने एक सय ५ जना निको भएर घर फर्किका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार