• आइतबार, साउन १० २०८३

कन्ट्याक्ट ट्रेसिङ गरिएका मध्ये ४८ जनाको रिपोर्ट नेगेटिभ


बुधबार, साउन २१ २०७७
1.3K
Shares

गोरखा । मंगलबार कन्ट्याक्ट ट्रेसिङ गरेर स्वास संकलन गरिएका मध्ये ४८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

गोरखा नगरपालिका ९ को लक्ष्मी बजारमा ब्यूटि पार्लर ब्यवसाय सञ्चालन गर्दै आएकी एक महिलामा सोमबार साँझ कोरोना संक्रमण देखिएसंगै उनको सम्पर्कमा पुगेका ५० जनाको पहिलो चरणमा कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । जसमा ३८ महिला र १२ पुरुष रहेका छन ।

मंगलबार उनिहरुको स्वाव संकलन गरि बुधबार बिहान राष्ट्रिय प्रयोगशाला काठमाण्डौ पठाइएको थियो । जसमा बुधबार बेलुका नै ५० मध्ये ४८ जनाको रिपोर्ट नेगेटिभ आएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।

‘सोमबार कोरोना देखिएकी महिलाको प्रत्यक्ष सम्पर्कमा आएकामध्ये ५० जनाको स्वाव पठाएका थियौ, जसमा ४८ जनाको रिपार्ट मोबाइलमा नेगेटिभ भन्ने भन्ने आएको छ’ उनले भने ‘यो नै अन्तिम होइन, म्यासेज राती अवेर आएकाले प्रिन्ट गरेर हेर्नै बाँकी छ ।’

बुधबार स्वाव पठाइएका ५० मध्ये २ जनाको भने रिपोर्ट आउन बाँकी रहेको अर्यालले बताए । गत शुक्रबार साथीहरुका साथ काठमाण्डौ गएकी ति महिलाको नागढुंगामा पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई कहाँबाट संक्रमण स¥यो भन्ने बिषय भने अनुसन्धानमै रहेको बताइएको छ । हाल उनि गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत छिन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार