• आइतबार, साउन १० २०८३

कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको ज्यान गयाे


बुधबार, साउन २१ २०७७
780
Shares

कोरोना संक्रमणबाट काठमाडौंमा एक महिलाको ज्यान गएको छ।

बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाहीको मलंगवाकी ६५ वर्षीया महिलाको ज्यान गएको हो। उनको उपचारका क्रममा बुधबार दिउँसो ज्यान गएको एपीएफ अस्पतालले जनाएको छ।

निमोनियाको बिरामी भएपछि उनी १६ गते काठमाडौंको मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएकी थिइन्।

१९ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई एपीएफ अस्पतालमा सारिएको थियो। मनमोहनमा हुँदै उनलाई आईसीयूमा राखिएको थियो।

बलम्बु अस्पतालमा समेत आईसीयूमा राखेर उपचार भइरहेका बेला उनको ज्यान गएको अस्पतालले जनाएको छ।

योसँगै नेपालमा कोरोनाका कारण मर्नेको संख्या ६१ पुगेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार