गोरखा । गोरखामा थप तिन जनामा कोरोना पुष्टि भएको छ ।
आज बुधबार मात्रै गोरखामा तिन जना कोरोना संक्रमित थपिएसँगै थप त्रास पैदा भएको छ । आज थपिएका मध्ये सिरानचोक गाउँपालिका ५ का २५ बर्षिय पुरुष, बारपाक सुलिकोट गाउँपालिका २ का २९ वर्षका पुरुष र वडा नम्वर ३ का २२ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय गोरखाका सूचना अधिकारी राजु रवण न्यौपानेले सिभिलखबरलाई जानकारी दिए ।
उनीहरु भारत, दुवइ र कतारबाट आएर क्वरिन्टिनमा बसेका थिए ।
यससंगै गोरखामा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । जसमध्ये १ जनाको मृत्यु भएको छ भने १०५ जना डिस्चार्ज भई घर फर्किएका छन् । त्यस्तै १ जना आइसोलेसनमा रहेको र आज थपिएका तिन जनालाई पनि आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।