• आइतबार, साउन ३१ २०८३

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु


बुधबार, साउन २१ २०७७
895
Shares

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

आज बुधबार वीरगन्ज महानगरापलिका–१५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान ६ बजे निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डांं. मदन उपाध्यायले जनाकारी दिए।

मृत्यु हुने व्यक्ति मधुमेहका रोगी रहेको र पछिल्लो समय ज्वरो र खोकी देखिएको थियो।

उनको १८ गते स्वाब संकलन गरिएको र १९ गते कोरोना पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई मंगलबार वीरगन्ज अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ भने वीरगन्जमामात्रै ८ जनाको ज्यान गएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार