काठमाडौं । तिज, दशैँ, तिहार लगायतका चाडपर्व नजिकिदै गर्दा बजारमा सुनको भाऊ आकासिएको छ । आज मात्रै सुनको भाऊमा १६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । आज नयाँ रेकर्ड राख्दै छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूल्य बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ ।