काठमाण्डौ । पाकिस्तानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ ।
उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ। पाकिस्तानका अधिकारीहरूले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका प्रस्ताव अनुरूप जनमत सङ्ग्रह हुनुपर्ने बताउँदै आएका छन्।
नयाँ राजनीतिक नक्सा जारी गर्दै प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सरकारको उक्त निर्णयको सबै विपक्षी दल तथा पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले स्वागत गरेको बताएका छन्।
उक्त क्षेत्र भारत र पाकिस्तान दुवैले आफ्नो दाबी गर्दै आएका छन् ।
गत वर्ष भारतले पनि उसको नयाँ नक्सा सार्वजनिक गरेको थियो जसमा पाकिस्तान प्रशासित कश्मीर तथा गिल्गीट बल्टिस्तान क्षेत्र समेटिएको थियो।
इमरान खानले भारतले गत वर्ष कश्मीरबारे उठाएको गैरकानुनी कदमलाई सो नक्साले नकार्ने बताए।
यसै सम्बन्धमा भारतको विदेशमन्त्रालयले नयाँ पाकिस्तानी नक्सालाई हास्यास्पद राजनीतिक अभ्यास भन्दै गुजरात तथा जम्मू, कश्मीर र लद्दाखका भूभागमाथि दाबी अमान्य रहेको र ती दाबीको कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता भएको टिप्पणी गरेको छ ।
भारतकाे पाकिस्तान, चिन र नेपालसंग सिमा बिबाद रहदै आएकाे छ ।