• आइतबार, साउन १० २०८३

गोरखामा १ सय ५ जनाले जिते काेराेना, आइसाेलेसनमा १ जना मात्रै बाँकी


बुधबार, साउन २१ २०७७
855
Shares

गोरखा । गोरखा अस्पतालको आइसोलेशनमा उपचाररत २ जना डिस्चार्ज भएका छन् ।

जिल्लाको भीमसेन थापा गाउँपालिका १ का २७ वर्षीय पूरुष र पालुङ्टार २ निवासी २६ वर्षका पूरुष निको भएर मंगलबार घर फर्किएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, शुक्रराज ट्रपिकल एण्ड इन्फेक्सियज डिजिज हस्पिटल काठमाण्डौ र गण्डकी प्रदेश प्रयोगशालाको रिर्पोटमा नगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो ।

१४ दिनसम्म होम क्वारेन्टिनमा बस्न र आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरिएको उनले बताए । योसँगै गोरखामा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ ।

अहिलेसम्म १०७ जनामा कोरोना संक्रमण देखिएको गोरखामा १ जनाको ज्यान गएको थियो भने १०५ जना निको भएर घर फर्किसकेका छन् । अब गोरखा अस्पतालकाे आइसाेलेसनमा एक जना मात्रै संक्रमित बाँकी रहेकाे सूचना अधिकारी ढकालले बताए ।

गोरखा अस्पतालको आइसोलेशनमा अहिले सोमबार भेटिएकी संक्रमित मात्र छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार