गोरखा । स्थानीय महिलामा कोरोना पुष्टि भएपछि लक्ष्मीबजारमा कन्ट्याक ट्रेसिङ गरिएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारमा व्यवसाय गर्दै आएकी ती महिलाको घर परिवार र उनको सम्र्पकमा आएका हुनसक्ने ५० जनाको पहिलो चरणमा कन्ट्याक टे«सिङ गरिएको हो ।
पहिलो चरणमा उनको घर परिवार, आफन्त, नजिक रहेका साथीसङ्गी र पसलमा धेरै समय बिताएका ग्राहकको स्बाब संकलन गरिएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए ।
मंगलवार पिसिआर चेकजाँच गरेकाको रिपोर्ट आएपछि आवश्यक परे थप चेकजाँच गरिने उनले बताए ।