• सोमबार, साउन ११ २०८३

पत्रकार श्रेष्ठले दिए जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई क्यामेरा


बुधबार, साउन २१ २०७७
925
Shares

गोरखा । पत्रकार आत्माराम श्रेष्ठले मानवसेवा आश्रमलाई क्यामेरा सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अबसर पारेर मंगलबार आश्रममा पुगेर करिब १ लाख २५ हजार रुपैयाँ पर्ने क्यामेरा हस्तान्तरण गरेका हुन् ।

लामो समय देखि नेपाल टेलिभिजनको गोरखाका संवाददाताको रुपमा काम गर्दै आएका श्रेष्ठले बालबालिकाको मागका आधारमा क्यामेरा दिएको बताएका छन् ।

‘मैले यस अघि पनि उनीहरुले चाहना गरेको बेला क्यामेरा दिने, आफै गएर पनि फोटो खिचिदिने गरेको थिएँ,’ श्रेष्ठले भने, ‘बालबालिकाहरु जहिले पनि फोटो खिच्ने र क्यामेरा चलाउने इच्छा व्यक्त गरिरहे । उनीहरुकै मागको आधारमा जन्मदिनको अबसरमा सानो उपहार प्रदान गरेको हुँ ।’

उक्त कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा सहित जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । आश्रममा ३८ जना सहयोगापेक्षी बालबालिका सहित ४४ जनाले आश्रय लिदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार