गोरखा । पछिल्लाे समय गोरखामा समेत काेराेना समुदायस्तरमा समेत देखिन थालेकाे छ । केहि दिनयता संक्रमित घट्दै गइरहेकाे गोरखामा साेमबार एक ब्युटीपार्लर व्यवसायी महिलामा संक्रमण पुष्टी भएसंगै थप त्रास बढेकाे छ ।
गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा ब्युटीपार्लर सञ्चालन गर्दै आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार साउन १५ गते संक्रमित महिला सहित अन्य तीन जना ट्याक्सी रिजर्भ गरेर काठमाडौं जादा नागढुंगामा उनकाे पिसिआर परिक्षण गरिएकाे थियाे । उनिहरु सोही दिन गोरखा फर्किएका थिए ।
संक्रमितलाई उपचारका लागि गोरखा अस्पतालको आइसोलेसनमा राखिएको छ ।