गोरखा । १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा गोरखामा एक वडाध्यक्ष पक्राउ परेका छन । गोरखा पालुङ्गटार नगरपालिका ४ का वडाध्यक्ष ठाकुर कान्त रानाभाट आफ्नै वडाकी बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा साेमबार साँझ पक्राउ परेका हुन ।
‘वडाध्यक्ष ज्यूले ललाइफकाइ गरेर करणी गर्नुभयाे रे भन्ने सुन्नमा आएकाे छ’ विस्वस्त स्राेतले सिभिलखबरलाई भन्याे ‘अहिले पुलिसले जिल्ला लगिसकेकाे खबर छ’
यता जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङ्ग भने केहि कानूनी प्रकृया बाँकी रहेकाले अहिले नै केहि बाेल्न नमिल्ने बताउछन ।
उनी तत्कालिन नयाँ शक्ती पार्टीबाट निर्वाचित भएका थिए । थप विवरण केहि छिनमा…