• शनिबार, साउन ३० २०८३

नेपालमा थप ४१८ जनामा कोरोना पुष्टि


सोमबार, साउन १९ २०७७
740
Shares

नेपालमा पछिल्लो २४ घण्टामा फेरि ४ सय १८ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संक्रमितहरु थपिएको बताए।

नेपालमा सक्रिय संक्रमित ५ हजार ७ सय ३२ (२७.६ प्रतिशत) जना रहेका छन्। त्यस्तै हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज (७२.१ प्रतिशत) भएको गौतमले जानकारी दिए। 

नेपालमा हालसम्म ५७ जना (०.२८ प्रतिशत)को मृत्यु भइसकेको छ।

त्यस्तै हालसम्म ३ लाख ९८ हजार ९ सय ७ (१.३ प्रतिशत) जनाको आरटी पीसीआर नमूना संकलन भएको छ। त्यसमध्ये कुल २० हजार ७ सय ५० जनामा कोरोना पोजिटिभ देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार