• आइतबार, साउन १० २०८३

काेराेना जाेखिम बढ्याे : जेष्ठ नागरिक र बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह


आइतबार, साउन १८ २०७७
1.3K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएको भन्दै जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनेको भन्दै ६० वर्षमाथिका वृद्ध र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको हो।

‘६० वर्षमाथिका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिका काठमाडौँ र यस्तै घनावस्ती भएका ठाउँमा घरबाहिर ननिस्कनुहुन अनुरोध छ’, प्रवक्ता गौतमले भने।

उनले कोरोनाबाट बच्न आफ्ना बानीमा सुधार गर्नुपर्ने बताए। नाक र मुख छोप्नेगरी माक्स लगाउने, मस्कलाई डोरीमा समाएर लगाउने र झिक्ने, कपडाको माक्स हरेक दिन धाएपछि मात्र प्रयोग गर्ने, अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्न, दूरी कायम गरेर बस्ने, जथाभावी नथुक्ने गरेमा कोरोनाबाट बँच्न सकिने उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार