• बुधबार, असोज १४ २०८३

जनकपुरमा भाेलीदेखि कर्फ्यु


आइतबार, साउन १८ २०७७
855
Shares

कोरोना संक्रमण फैलिँदै गएपछि जनकपुरधाम उपमहानगरपालिका भित्र भोली (सोमबार) रातिदेखि कर्फ्यु लागू हुने भएको छ।

आइतबार बसेको जिल्ला सुरक्षा समिति धनुषाको बैठकले सोमबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो। उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिन यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए।

जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार रातिदेखि एक हप्तासम्मका लागि बन्द हुनेछ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार