• शनिबार, भाद्र २० २०८३

गण्डकीमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो


आइतबार, साउन १८ २०७७
790
Shares

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय नाघेको छ।

आइतबार थप २० जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५०५ पुगेको हो।

 क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा आइतबार गण्डकी प्रदेशमा २० नयाँ संक्रमित थपिएका हुन्।

 आइतबार थपिएका संक्रमितका स्याङ्जाका ८, कास्कीका ६, लमजुङका ३, तनहुँका २ बागलुण्का १ जना रहेका छन्।

 सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

यस्तै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२४५ पुगेको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार