• सोमबार, साउन ११ २०८३

बाढी पहिराेले क्षतिग्रस्त स्थलको सरोकारवालाद्धारा अनुगमन


आइतबार, साउन १८ २०७७
1.1K
Shares

गोरखा । जिल्लाका सरोकारवालाहरुले बाढी पहिरोले क्षति पु¥याएका विभिन्न स्थलहरुको अबलोकन गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको नेतृत्वमा गएको टोलीले दरौंदी, भुसुण्डे, खारखोला लगायतका नदी एवं खोला किनारमा गरेको कटान तथा बाढी पहिरोका घटनाको स्थलगत अवलोकन गरेको हो ।

‘हामीले केही ठाउँ हेरेयौं, बाढी पहिरोले धेरै ठूलो क्षति गरेको रहेछ,’ प्रजिअ भट्टराईले भने, ‘संभावित क्षतिको न्यूनीकरण गर्न तत्काल थुप्रै काम गर्नु पर्ने देखिएको छ ।’ स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी नदी नियन्त्रण, पहिरो रोकथाम लगायतका कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

नदीले कटान र बाढी पहिरोले गरेको क्षतिको विवरण संकलन भइरहेकाले स्थानीय तहको सबै तथ्याङ्क प्राप्त भएपछि क्षतिपूर्तीको लागि पनि पहल गर्ने प्रशासनले बताएको छ । मनसुनी बाढी पहिरोले क्षति गरेका घरलाई भूकम्प पिडित सरह अनुदान दिने सरकारले निर्णय गरिसकेको छ ।

पूवार्धार बिकासका काम प्रभावकारी नहुँदा बाढी पहिरोका घटना बढि भएको भन्दै प्रजिअ भट्टराईले बिकास निर्माणका कामलाई व्यवस्थित ढङ्गले सञ्चालन गराउनु पर्ने बताएका छन् ।

‘हामीले हेर्दै गर्दा दुई खाले विपद् भएको पाएऔं बाढी पहिरो जस्तै क्षति भलले पुरेर पनि भएको रहेछ,’ उनले भने, ‘जथाभावी खनिएको सडकको माटोले धेरै खतिबाली नष्ट गरेको छ ।’ सो अबसरमा पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल, उपप्रमुख पम्फा बसेल, सहायक प्रमुख जिल्ला अधिकारी श्रीदेवी पाण्डे लगायत अन्य सरोकारवालाहरुको पनि उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार