विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले करारमा कार्यरत दुई महिला कर्मचारी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ ।
सञ्जेलमाथि चप्पल, पञ्चिङ मेसिन लगायतले प्रहार भएको प्रहरीले बताएको छ । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । संञ्जेलको स्वास्थ्य स्वास्थ्य सामान्य रहेको र कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले बताए ।
सञ्जेललाई काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् । उनिहरु सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका थिए ।