• आइतबार, साउन १० २०८३

पर्सामा ६४ जनामा कोरोना संक्रमण पुष्टि, सांसद प्रदिप यादव पनि संक्रमित


शनिबार, साउन १७ २०७७
1.2K
Shares

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सांसद यादवले आफुलाइ कोरोना पुष्टी भएको फेसबुक माफर्त जानकारी दिएका हुन् । उनी घरमै आइसोलेसनमा बसेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार संक्रमितमध्ये ३ जना महिला र ६१ जना पुरूष छन् ।

सांसद यादवसहित उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका छन् । त्यस्तै नारायणी अस्पतालका चिकित्सक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको उपाध्यायले जानकारी दिए ।

रौतहटको चपुर घर भई नारायणी अस्पतालमा कार्यरत ३४ वर्षीय डाक्टर र अस्पतालमै कार्यरत एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

वीरगञ्ज स्थित अस्थायी कोरोना अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण देखिएको छ । पर्सामा आइसोलेसनको अभावमा १ सय २६ जना संक्रमित घरमै छन् । वीरगञ्ज महानगरमा मात्र १ सय १८ जना अस्पताल बाहिर छन् ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो । उनी पनि काठमाडौंस्थित आफ्नो निवासमा आइसोलेसनमा बसिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार