• सोमबार, साउन ११ २०८३

कुवेतमा नेपालसहित ७ देशका नागरिकलाई प्रवेशमा रोक


शुक्रबार, साउन १६ २०७७
905
Shares

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।

नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्।

कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ।

कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन्। उडान खुले पनि नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेश नदिइने कुवेत सरकारले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार