• बुधबार, असोज १४ २०८३

३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन मन्त्रिपरिषद्को अनुमति


बिहिबार, साउन १५ २०७७
965
Shares

मन्त्रिपरिषद् बैठकले ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को १२ गते बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन्।

सरकारले खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट टे«ेडिङ कम्पनीको लागि उक्त अनुमति प्रदान गरेको हो। नेपालमा हुने उत्पादनले अपुग हुने चिनी हरेक वर्ष आयात हुने गर्छ।

चाडबाडको समयमा मूल्य उच्च हुने भएकोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार