• बुधबार, असोज १४ २०८३

कुरिनटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


बिहिबार, साउन १५ २०७७
970
Shares

पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बिहीबार बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

उनका अनुसार वर्षा भइरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न सकिएको छैन। पहिरो पन्छ्याउन केही समय लाग्ने जनाइएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार