• सोमबार, साउन ११ २०८३

त्रिशूलीमा बेपत्ता भयाे मालबाहक कन्टेनर


बिहिबार, साउन १५ २०७७
1.1K
Shares

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेर बेपत्ता भएको हो।

कन्टेनरका चालक सिन्धुपाल्चोक, बाह्रबिसेका ३५ वर्षीय राजेन्द्र बस्नेतले भने हाम्फालेर ज्यान जोगाएका छन्। उनी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको प्रहरीले जनाएको छ। बेपत्ता कन्टेनरको खोजी भइरहेको डिएसपी थापाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार