• सोमबार, साउन ११ २०८३

अधिकांश स्थानमा बिहानैदेखि वर्षा, बाढी पहिराेकाे जाेखिम


बिहिबार, साउन १५ २०७७
900
Shares

तराईका अधिकांश स्थानमा बिहानैदेखि वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

पूर्व र मध्य तराईमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ :

‘देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार