• आइतबार, साउन १० २०८३

थपिए २१० कोरोना संक्रमित, १४६ जना डिस्चार्ज


बुधबार, साउन १४ २०७७
725
Shares

नेपालमा थप २ सय १० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी बुधबार उक्त संख्यामा संक्रमित थपिएको बताएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार रौतहट र कैलालीमा ५ सय बढी संक्रमित रहेका छन्।

हालसम्म सक्रिय संक्रमित ५ हजार २ सय ३ जना रहेको उनले बताए। ३ लाख ५८ हजार ३ सय ४४ जनाको हालसम्म पीसीआर परीक्षण भएको गौतमले जानकारी दिए।

हालसम्म १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुने संख्या १४ हजार २१ जना पुगेको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार