• सोमबार, साउन ११ २०८३

आँबुखैरेनी नजिकै पहिराे, पृथ्वीराजमार्ग बिहानैदेखि अवरुद्ध


बुधबार, साउन १४ २०७७
1K
Shares

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए । राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन् ।

तस्विर : फाइल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार