• सोमबार, साउन ११ २०८३

गण्डकी सहित सातै प्रदेशमा भारी वर्षाकाे सम्भावना


बुधबार, साउन १४ २०७७
975
Shares

आज (बुधबार) गण्डकी सहित देशका सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा र प्रदेश १,२, बागमती र कर्णालीका प्रदेश १–२ स्थानमा भने भारी वर्षाको सम्भावना छ।

राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने अनुमान छ।

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार