गोरखा । जबरजस्ती करणी गरेको आरोपमा बुंकोटका १५ वर्षीय बालक पक्राउ परका छन् ।
शहिद लखन गाउँपालिका वडा नम्बर ७ का १५ वर्षीय ती बालकले १० वर्षकी बालिकालाई जबरजस्ती गरेको पिडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
एका घरको परिवारका सदस्य समेत रहेका उनीहरु दुबै नाबालक रहेकाले प्रहरीले गोप्प रुपमा अनुसन्धान सुरु गरेको छ ।
नाताले काका पर्ने बालकले भतिजी पर्ने बालिकालाई परिवारका सदस्यको आँखा छलि बलत्कार गर्ने गरेको आरोप लगाइएको छ ।
पिडित बालिकाको आमाले छोडेर अयन्त्र गएको र बाबु पनि बैदेशिक रोजगारमा रहेकाले उनी आफन्तको साहरामा बस्दै आएकी छिन् ।
उनको अहिले जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । अबस्था सामान्य रहेको अस्पताल स्रोत जनाएको छ ।