• सोमबार, साउन ११ २०८३

करेन्ट लागेर एकै परिवारका तीन घाइते


बुधबार, साउन १४ २०७७
1.3K
Shares

गोरखा । करेन्ट लागेर गण्डकी गाउँपालिकामा एक घरका तीन जना घाइते भएका छन् । मंगलबार घर नजिकै रहेको मुख्य प्रशारण लाइन (हाइटेन्सन) डिक्स इन्सुलेटर पड्केर करेन्ट लागेको स्थानीयले बताएका छन् ।

घाइते हुनेमा गण्डकी गाउँपालिका ८ सिउरेनीटारका ३० बर्षीय अस्गर मियाँ, उनका श्रीमती वर्ष २७ की सविना मियाँ र ३ बर्षका छोरा अब्दुल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

अस्गरलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ भने अन्यलाई मलेखु सामुदायिक अस्पताल धादिङमा उपचार गरिएको प्रहरीले बताएको छ ।

करेन्ट लागेर गोठमा रहेको भैसी पनि मरेको छ । तर उक्त घटना करेन्ट लागेर भए नभएको एकिन हुन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका प्रमुख माधव न्यौपानेले बताए । ‘करेन्टका कारण उक्त घटना भयो भन्ने कुरा बाहिर आएको छ ।

तर घटनाको प्रकृति हेर्दा करेन्ट लागेको जस्तो देखिदैन,’ उनले भने, ‘हामीले बिस्तृत अध्ययन गरिहेका छौं, उहाँहरुको स्वास्थ्य रिर्पोट पनि आउला अनि सबै एकिन हुन्छ ।’

विद्युत आपुर्ति सहज रहेको र प्रशारण लाइनमा पनि कुनै खराबी नरहेकाले करेन्ट लागे नगलागेको पुष्टि हुन नसकेको प्राविधिकहरुले बताएका छन् । मुख्य प्रशारण लाइन नजिकै रहेकाले झड्का भने लागेको हुनसक्ने सक्ने उनीहरुको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार