गोरखा । नेपाल रेडक्रस सोसाइटीको बर्तमान कार्यसमिति भंग भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सञ्जीव थापा नेतृत्वको कार्यसमिति भंग गर्ने निर्णय गरेको हो । बैठकले थापा नेतृत्वको कार्यसमिति भंग गरी नेत्र तिमिल्सिनाको नेतृत्वमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको मन्त्रि परिषद स्रोतले जानकारी दियो ।
अनियमिततामा मुछिएको भन्दै रेडक्रसको बर्तमान समिति भंग गरिएको हो । थापा २०६४ सालदेखि सोसाइटीको अध्यक्ष थिए। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले रेडक्रसको कार्यसमिति भंग गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो।
राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीको संयोजक गठित भएको अध्ययन तथा अनुगमन समितिले रेडक्रसमा अनियमितता भएको ठहर गर्दै विघटनको सिफारिस गरेको थियो ।
मंगलबार विघटनपछि बनेको तदर्थ समितिमा मन्त्रिपरिषदले गोरखा सिरानचोक गाउँपालिका छोप्राक ४ का मोहन प्रकाश पोखरेल समेत केन्द्रिय सदस्यमा मनोनित भएका छ ।