• शनिबार, भाद्र २० २०८३

फेरी बढ्न थाले काेराेना संक्रमित, ५ हजारको परीक्षण गर्दा ३११ जनामा संक्रमण


मंगलबार, साउन १३ २०७७
785
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ३११ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १२९ रहेको छ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमण मुक्त भएको बताए। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ।

उनको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२.८ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार