• सोमबार, साउन ११ २०८३

प्रहरी हेडक्‍वार्टरमा कार्यरत २७ जनालाई कोरोना संक्रमण पुष्टि


मंगलबार, साउन १३ २०७७
760
Shares

काठमाडौं । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ।

एक सातायता गरिएको परीक्षणमा ती प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। नक्साल स्रोतका अनुसार संक्रमित सबैजनालाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ।

उनीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकुर र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमध्ये एकमा पठाउने तयारी गरिएको छ। संक्रमित २७ जना प्रहरीको सम्पर्कमा आएका अन्य ३६ जना प्रहरीलाई सामाखुसीस्थित क्‍वारेन्टाइनमा राखिएको छ।

उनीहरुको पनि पिसिआर परीक्षणसहितका स्वास्थ्य जाँच प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार