• बुधबार, असोज १४ २०८३

बाग्लुङमा पहिरोले दुई घर पुर्‍यो, तीन जनाको मृत्यु


मंगलबार, साउन १३ २०७७
860
Shares

बाग्लुङका विभिन्न ठाउँमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा  तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर बिक र १२ वर्षीया छोरी रीता बिकको मृत्यु भएको छ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ। सँगै सुतिरहेकी आमा होमकुमारी बिक गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइहेको छ। पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन्। घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

त्यस्तै निसीखोला गाउँपालिका-१ मा एक घर पहिरोले पुरेको छ। पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको रेग्मीले बताए।

निसीखोला गाउँपालिकामा नै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ। उनको पहिचान नखुलेको जनाइएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार