• सोमबार, साउन ११ २०८३

खाली भयो आइसोलेसन


मंगलबार, साउन १३ २०७७
850
Shares

गोरखा । गोरखा क्याम्पसमा सञ्चालित आइसोलेसन खाली भएको छ । बिभिन्न स्थानीय तहका कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएसंगै सोमबारबाट आइसोलेसन तत्कालका लागि खाली भएको हो ।

हालसम्म ५९ जना संक्रमित राखिएकोमा ५८ जना निको भएर घर फर्किएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चिल अर्यालले बताए ।

पछिल्लो समय ३ जना संक्रमित रहेकोमा सोमबार भिमसेन थापा गाउँपालिका १ का २८ बर्षिय पुरुष र सिरानचोक गाउँपालिका ६ का २९ बर्षिय अर्का पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएसंगै उनिहरुलाई डिस्चार्ज गरिएको अर्यालले बताए ।

बाँकी रहेका शहिद लखन ७ का ४२ बर्षिय एक पुरुषलाई भने सोमबार नै गोरखा अस्पतालको आइसोलेसनमा स्थानान्तरण गरिएको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार