• सोमबार, साउन ११ २०८३

त्रिवि शिक्षाशास्त्र संकायको परीक्षा भदौ चौथो हप्तादेखि


सोमबार, साउन १२ २०७७
890
Shares

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गतका स्थगित परीक्षाहरु भदौ अन्तिम सातादेखि हुने भएको छ।

शिक्षाशास्त्र संकाय डिनको कार्यालयले सोमबार सूचना प्रकाशित गरी सेमेस्टर प्रणालीमा आधारित सत्रान्त परीक्षा सञ्चालनको तालिका प्रकाशित गरेको छ।

सूचना अनुसार स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा असोज पहिलो हप्ता र चौथो सेमेस्टरको परीक्षा असोज चौथो हप्ता हुनेछ। यस्तै, स्नातक तह आठौं सेमेस्टरको परीक्षा असोज पहिलो हप्तामा तथा प्रथम र छैटौं सेमेस्टर असोज तेस्रो हप्ता हुनेछ।

यसैगरी स्नातक र स्नातकोत्तर दुवै तहकाे (खुला तथा दूर सिकाई अन्तर्गत दुई सेमेस्टरको विज्ञान शिक्षा) प्रथम सेमेस्टरको परीक्षा भदौ चौथो हप्तामा हुनेछ।

विस्तृत परीक्षा तालिका पछि प्रकाशित गर्ने डिनको कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार