• सोमबार, साउन ११ २०८३

मनकामनाका १७ बर्षिय युवकलाई वृद्धा हत्याको आरोप


सोमबार, साउन १२ २०७७
810
Shares

गोरखा । गत साउन ८ गते गोरखाको मनकामनामा मृत भेटिएकी एक बृद्धाको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाले पत्रकार सम्मेलन गर्दै ७२ बर्षिया कृष्णकुमारी आलेको हत्या भएको र हत्याका आरोपी समेत पक्राउ गरिसकेको बताएको छ ।

गोरखाको मनकामना मन्दिर आसपास घर भएकी बृद्धा खेतमा पानी लगाउन गएकी जादा छिमेकी गाउँका १७ बर्षिय युवकले ढुंगाले हानेर हत्या गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।

शहिद लखन गाउँपालिका ३ मनकामना ति बृद्धा गत साउन ८ गते खेतमा मृत भेटिएकी थिइन । बिहान खेतमा पानी लगाउन गएकी ति महिला बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाइृ खबर गरेको थियो ।

सो लगत्तै गाउँले र प्रहरीले खोजी गर्दा आफ्नै खेत नजिकैको खोल्सामा स्याउलाले छोपेको अबस्थामा उनको शव भेटिएको थियो ।

प्रहरीले पत्रकार सम्मेलनका क्रममा बृद्धाले ति युवकलाई जिस्काएको र आवेगमा आएर ढुंगा प्रहार गरी हत्या भएको हुन सक्ने बताएको छ ।

आरोपित १७ बर्षका युवकको नाम भने प्रहरीले सार्वजानिक गरेको छैन । १७ बर्ष उमेरका रहेको र बालिग हुन बाँकी रहेको भन्दै उनको नाम र अन्य विवरण गोप्य राखिएको एसपीले गुरुङले बताए ।

उनलाई घटना भएको ४ दिनपछि आइतबार गोरखाकै मनकामना स्थित कान्टार क्षेत्रबाट प्रक्राउ गरिएको र अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद थपिएको बताइएको छ । मृतक बृद्धाको भने अन्त्यष्टी भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार