• शनिबार, भाद्र २० २०८३

नेपालमा ७४ प्रतिशत कोरोना संक्रमित निको भए


सोमबार, साउन १२ २०७७
765
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

प्रवक्ता गौतमका अनुसार याेसँगै नेपालमा  सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६२६ जनाकोरोना संक्रमित निको भएर घर फर्केका छन्।

योसँगै नेपालमा कोरोनामुक्त हुनको संख्या १३ हजार ७५४ रहेको छ।

नेपालमा कोरोना निको हुनेको प्रतिशत ७४.३५ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार