• सोमबार, साउन ११ २०८३

महिलालाई ९८ दिनको प्रसूति बिदा दिन निर्देशन


सोमबार, साउन १२ २०७७
1.2K
Shares

संघीय संसदको महिला तथा सामाजिक समितिले सबै क्षेत्रमा कानुनअनुसार महिलालाई प्रसूति बिदा दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ (१)मा सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिन तलबसहितको प्रसूति बिदा पाउने अधिकार स्पष्टसँग उल्लेख रहेको जनाउँदै समितिले यस्तो निर्देशन दिएको हो।

समिति सभापति निरुदेवी पालले ऐनमा स्पष्ट भएको विषयमा पनि नियमावलीमा भएको पुरानो व्यवस्थालाई देखाई नयाँ ऐनको कार्यान्वयन नगर्नु कानुनको प्रथम दृष्टिमा नै न्याय संगत नदेखिएको बताइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार