• मंगलबार, साउन १२ २०८३

अर्थमन्त्री खतिवडाबिरुद्ध अख्तियारमा उजुरी


सोमबार, साउन १२ २०७७
820
Shares

इनफ इज इनफ अभियानका अभियन्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाविरुद्ध अख्तियारमा उजुरी दिएका छन्।

कोभिड–१९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरेको तर त्यसको अनुगमन नभएकोले सो कार्यले भ्रष्टाचारलाई प्रोत्साहन दिएकोले भन्दै अभियन्ताले अर्थमन्त्री र सचिवविरुद्ध उजुरी दिएका हुन्।

उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनीहरू माथि अनुसन्धान गरी कारबाही गर्न आग्रह गरिएको छ।

साथै उनीहरूले अर्थ मन्त्रालयमा कोभिड–१९ महामारी व्यवस्थापन, नियन्त्रण तथा रोकथामको लागि अर्थ मन्त्रालयले संघीय सरकारका अन्य मन्त्रालय तथा त्यस माताहतका निकायहरू तथा प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई विभिन्न शीर्षकमा आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा प्रदान गरेका खर्च अख्तियारी र हस्तान्तरण तथा गत आर्थिक वर्षमा ती शीर्षकहरूमा भएको वास्तविक खर्चको विवरण माग गर्दै सूचनाको हकको निवेदन दर्ता गराएका छन्।

यस अघि उनीहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत विरुद्ध पनि अख्तियारमा उजुरी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार